होमपेज > अध्ययनका लागि भदौमा मात्रै ३२ अर्ब ७६ करोड रुपैयाँ विदेशियो

अध्ययनका लागि भदौमा मात्रै ३२ अर्ब ७६ करोड रुपैयाँ विदेशियो

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनामा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो परिमाणमा रकम बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

बिज्ञापन

बैंकले सार्वजनिक गरेको आर्थिक विवरणअनुसार, भदौ महिनामा मात्रै विद्यार्थीहरूले अध्ययनका लागि ३२ अर्ब ७६ करोड रुपैयाँ विदेश लगेका छन्। अघिल्लो वर्षको सोही अवधिमा यो रकम २८ अर्ब २० करोड रुपैयाँ थियो। समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय समेत उल्लेख्य रूपमा बढेको छ। यो व्यय ९.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ४३ अर्ब १८ करोड रुपैयाँ रहेको थियो।

बिज्ञापन

यस्तै, खुद सेवा आय भने घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ। चालु वर्षको समीक्षा अवधिमा खुद सेवा आय ३१ अर्ब १६ करोड रुपैयाँले घाटा देखिएको छ, जसको तुलनामा अघिल्लो वर्षको सोही अवधिमा घाटा २७ अर्ब ९३ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा भ्रमण आय पनि केही बढेको देखिन्छ। यो आय ९.८ प्रतिशतले वृद्धि भई ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण आय १० अर्ब ५५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते