रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो गोरखा जिल्ला आरुघाट बजारस्थित शाखा कार्यालयलाई धादिङ जिल्ला धादिङवेसीमा स्थानान्तरण गरी नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ। उद्घाटन समारोहमा संस्थाका अध्यक्ष कुश प्रसाद मल्ली उपस्थित थिए। संस्था नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरी १८, मङ्सीर २०६६ देखि संचालनमा आएको हो। संस्थाको केन्द्रीय कार्यालय का.म.न.पा. १ कमलादीमा रहेको छ।
बिज्ञापन
रिलायन्स फाइनान्सले देशभर २२ वटा शाखा कार्यालयहरू सञ्चालन गर्दै आएको छ, जसमा काठमाडौँ (न्यूरोड, सितापाईला), ललितपुर (ईमाडोल), चितवन (नारायणघाट, टाँडी), पोखरा, गोरखा, रुपन्देही, कैलाली, कन्चनपुर, बाँके, झापा, लमजुङ्ग, काभ्रेपलाञ्चोक लगायतका शाखाहरू समावेश छन्। संस्थाले “वित्तीय सेवाको अर्को परिभाषा” भन्ने नाराका साथ आफ्ना ग्राहकहरूलाई सहज, सर्वसुलभ तरिकाले विभिन्न प्रकारका कर्जा, निक्षेप योजना र आकर्षक व्याजदर सहितको सेवाहरू प्रदान गर्दै आएको छ।
बिज्ञापन
त्यसैगरी, ग्राहक सुविधा बढाउन E Banking, SCT Network ATM, रेमिटेन्स, C-ASBA, IPS, Connect IPS, ABBS, Electronic Cheque Clearing (ECC), SMS Banking, Mobile Banking, SCT MoCo (Sajilo Payments, Sajilo Life apps) जस्ता सेवा पनि उपलब्ध गराइरहेको छ।








