नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
बिज्ञापन
त्यसैगरी आज युरो, पाउन्ड, अस्ट्रेलियन डलर, बहराइन र कुवेती दिनारसहित मुद्रा पनि सस्तिएका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ४५ पैसा छ।
बिज्ञापन
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैया ४५ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०८ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैया ६८ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३१ पैसा थियो।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३६ पैसा छ। आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ९१ र बिक्रीदर ८६ रुपैयाँ २९ पैसा छ। त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ८८ पैसा छ।
बिज्ञापन
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ ०३ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ६२ पैसा छ।








