बिज्ञापन
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङ विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको छ।
बिज्ञापन
गत भदौ २३ र २४ गते काठमाडौंमा आयोजना गरिएको जेनजी आन्दोलनको क्रममा भएको घटनासँग सम्बन्धित भन्दै नेविसंघले उनीहरू विरुद्ध अनुसन्धानको माग गर्दै काठमाडौं र ललितपुर प्रहरी परिसरमा छुट्टाछुट्टै उजुरी दर्ता गरेको हो।
आन्दोलनमा उक्साहट र तोडफोड गराएको आरोप
बिज्ञापन
नेविसंघले बालेन र सुदनले विद्यार्थीलाई आन्दोलनमा सहभागी हुन उक्साएको, आन्दोलनको क्रममा आगजनी, तोडफोड, राष्ट्रिय सम्पदामा क्षति पुर्याएको र सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराएको आरोप लगाएको छ। संगठनले उनीहरूमाथि तत्काल अनुसन्धान सुरु गरी कारबाही गर्न माग गर्दै २४ घण्टाभित्र उजुरी दर्ता गरी पक्राउ गर्न प्रहरीले आवश्यक कदम चाल्नुपर्ने बताएको छ।
उजुरी दर्ता गर्नेहरूमा नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाह रहेका छन्।
यसअघि पनि सुदन गुरुङ नेतृत्वको समूहले आन्दोलनमा भएको प्रहरी दमनको विरोधमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध जाहेरी दिएको थियो। त्यसपछि नेकपा (एमाले) निकट अनेरास्ववियुले पनि बालेन र सुदनविरुद्ध उजुरी दर्ता गराएको थियो।








