होमपेज > प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् कार्यसूची

बिज्ञापन
बिज्ञापन

आज प्रतिनिधि सभा बैठक बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्ने तय भएको छ।

बिज्ञापन

बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ। त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ।

बिज्ञापन

आजकै बैठकबाट बजेटमाथिको सामान्य छलफल सुरू गरिने कार्यसूची छ। भिजिट भिसा प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले प्रतिनिधि सभा अवरूद्ध गर्दै आएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० शुक्रबार सत्तापक्ष दलहरूसँग दुई बुँदे सहमति गरी संसद खुलाउन तयार भएको थियो।

सहमतिपछि शुक्रबार नै गृहमन्त्री रमेश लेखकले भिजिट भिसालाई लिएर आफूमाथि लगाइएको आरोपबारे संसदमा स्पष्टीकरण दिएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने अवरोध जारी रहने बताएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते