आज (आइतबार) राति देशभर विभिन्न स्थानमा मौसम बदली हुने भए पनि तीनवटा प्रदेशमा मात्र हिमपात र वर्षाको सम्भावना देखिएको छ। मौसम पूर्वानमान महाशाखाले आज साँझ ६ बजे जारी गरेको प्रक्षेपणअनुसार राति कोसी गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा हिमपात र वर्षा हुने सम्भावना देखिएको हो।
बिज्ञापन
कोसी प्रदेशस् हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाड र तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मधेस प्रदेशस् तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ। वर्षाको सम्भावना छैन। बागमती प्रदेशस् मौसम बदली भए पनि हिमपात तथा वर्षाको सम्भावना छैन। गण्डकी प्रदेशस् हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराईमा छैन।
बिज्ञापन
लुम्बिनी प्रदेशस् मौसम बदली भए पनि हिमपात तथा वर्षाको सम्भावना छैन। कर्णाली प्रदेशस् हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।सुदूरपश्चिम प्रदेशस् कतै कतै मौसम बदली भए पनि वर्षा तथा हिमपातको सम्भावना छैन।








