नेपाली बजारमा आज साताको अन्तिम दिन निरन्तर उकालो लागेको सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ४२ सयले घटेर तोलाको २ लाख ३५ हजारमा कारोबार भइरहेको छ । यस अघि विहिबार सुन तोलाको २ लाख ३९ हजार २ सयमा कारोबार भएको थियो, जुन सुनको अहिलेसम्मकै उच्च मूल्य थियो ।
बिज्ञापन
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर ३०८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ३०२५ मा कारोबार भएको थियो ।








