काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिज्ञापन
पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले आइतबार साँझ उनीहरूलाई पक्राउ गरेको हो।
बिज्ञापन
काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको प्रहरीले उक्त सुन बरामद गरेको हो। सुनसहित कारका चालक बसन्त र कारमा सवार अमृतलाई पक्राउ गरेको हो।








