होमपेज > काठमाडौंका सरकारी कार्यालय आज खुला, नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

काठमाडौंका सरकारी कार्यालय आज खुला, नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (सोमबार) जिल्लाका सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहका कार्यालयहरू खोल्न निर्देशन दिएको छ। असोज १९ र २० गते सार्वजनिक बिदा घोषणा गरिएको भए पनि मौसममा सुधार र जोखिमको अवस्था नटिकेकाले सेवा सुचारु गर्न आग्रह गरिएको हो।

बिज्ञापन

“दुई दिनदेखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेशमार्ग अवरुद्ध भएको र उद्धार तथा राहत कार्यमा सहजता ल्याउनका लागि बिदा दिइएको थियो। हाल मौसममा सुधार भएसँगै जोखिम टरिसकेको छ,” प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।

कार्यालयले बिहान १० बजेदेखि नियमित कार्यालय समयसम्म सेवा प्रवाह हुने व्यवस्था मिलाउन र कर्मचारीको अनिवार्य उपस्थिति सुनिश्चित गर्न निर्देशन दिएको छ।

बिज्ञापन

यसैबीच, नारायणगढमुग्लिन सडकखण्डमा पनि यातायात सेवा पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६ बजेदेखि सवारी आवागमन सुरु भएको हो।

गत शुक्रबार र शनिबारको अविरल वर्षापछि पहिरोको उच्च जोखिम देखिँदा आइतबार राति ९ बजेपछि उक्त सडकमा सवारी सञ्चालन रोकिएको थियो। सडक सञ्चालनमा आएपछि १४ वटा विश्रामस्थल (होल्डिङ सेन्टर)मा रोकिएका लामो तथा छोटो दूरीका सवारी साधनहरू पुनः गन्तव्यतर्फ गएका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते