बिज्ञापन
दसैँपछि काठमाडौं फर्कने यात्रुको चाप र सडक यातायातको असहजतालाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले आज काठमाडौं–भैरहवा बीच चार्टर्ड उडान गर्ने भएको छ।
बिज्ञापन
निगमका प्रवक्ता सुवास डाँगीका अनुसार दिउँसो १ बजे काठमाडौंबाट भैरहवा उडान हुनेछ भने अपराह्न २:४५ बजे भैरहवाबाट काठमाडौंका लागि फर्किने छ। काठमाडौं–भैरहवा उडानको भाडादर पाँच हजार र फर्किने टिकटको भाडा सात हजार रुपैयाँ तोकिएको छ।
विशेषगरी वैदेशिक रोजगारीका लागि टिकट लिएका तथा अशक्त यात्रुलाई सहजता दिन चार्टर्ड उडानको व्यवस्था गरिएको निगमले जनाएको छ।
बिज्ञापन
दसैँको समयमा सार्वजनिक यातायात असजिलो हुँदा हवाई सेवा उपयुक्त विकल्पका रूपमा देखिएको छ।









