होमपेज > त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल क्यानडासँग भिड्दै

त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल क्यानडासँग भिड्दै

बिज्ञापन
बिज्ञापन

नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत मंगलबार क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति ९:४५ मा किङ सिटीमा सुरु हुनेछ ।

बिज्ञापन

नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । १२४ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा ८८-५ को अवस्थाबाट १०९ रनमा अल आउट भएको थियो । तीव्र गतिका बलर कलिम सानाले ४ र स्पिनर साद बिन जाफरले ३ विकेट लिएका थिए । पछिल्लो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । उक्त खेलमा गुल्सन मल्लले १७ बलमा ४० रनको इनिङ खेलेका थिए । गुल्सनलाई कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले साथ दिन आवश्यक छ ।

बिज्ञापन

ओपनर आसिफ शेख र अनिल साहले पाएको सुरुवातलाई ठूलो इनिङमा बदल्न आवश्यक देखिन्छ । नेपालका स्पिनर सन्दीप लामिछाने प्रमुख बलर हुन् । उनलाई दीपेन्द्र र कुशलले साथ दिनेछन् । नेपाल र क्यानडाबीच टी-२० आईमा दुई खेल भएको छ । दुबै टोली १–१ जित हात पारेका छन् । त्रिकोणात्मक सिरिजअघि भएको लिग–२ मा भने नेपाल क्यानडासँग दुबै खेलमा पराजित भएको थियो । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले बुधबार ओमानसँग खेल्नेछ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते