होमपेज > धनगढीमा स्कुटर दुर्घटना: चालकको मृत्यु, एकजना घाइते

धनगढीमा स्कुटर दुर्घटना: चालकको मृत्यु, एकजना घाइते

बिज्ञापन
बिज्ञापन

धनगढीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिज्ञापन

धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित धनगढी–अत्तरिया सडकखण्डमा आइतबार बिहान साढे ६ बजे अत्तरियातर्फ जाँदै गरेको सुपप्र०१०१२प ४६४८ नम्बरको स्कुटर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

दुर्घटनामा स्कुटर चालक धनगढी-७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले पुष्टि गरे । उनकाअनुसार स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिँदा दुर्घटना भएको हो।

टाउकोमा गम्भीर चोट लागेकाले उपचारको लागि माया मेट्रो अस्पताल धनगढी लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषित गरेको सिंहले बताए । उनकाअनुसार स्कुटर पछाडि सवार धनगढी-१२ बस्ने ३२ वर्षीया सीता कुस्मी घाइते भएकी छन् । उनको पनि माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते