बिज्ञापन
कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणाले नयाँ कूटनीतिक राहदानी लिएको खबर बाहिर आएको केही दिनमै कांग्रेसका अर्का नेता तथा पूर्वऊर्जा तथा सिँचाइमन्त्री दीपक खड्का दम्पतीले पनि राहदानी लिएको खुलेको छ।
बिज्ञापन
सूत्रका अनुसार भदौ ३१ गते मंगलबार खड्का, उनकी पत्नी विनता थापा खड्का र नाबालक छोराले राहदानी प्राप्त गरेका हुन्। यसअघि भदौ २४ गते पूर्वी नेपालमा भएको प्रदर्शनका क्रममा खड्काको निजी निवासमा आगजनी भएको थियो। सामाजिक सञ्जालमा आएको जानकारी अनुसार आगलागीमा ठूलो मात्रामा हजार र पाँच सय रुपैयाँका नोटसहित अमेरिकी डलरसमेत जलेका थिए।
कांग्रेसका नेताहरूका अनुसार आगजनीको बेलामा खड्का घरमै थिए। प्रदर्शनकारीको भीडबाट उम्किन उनले केही नगद आफैंले बाहिर फ्याँकेर भिडको ध्यान अन्यत्र मोडेको र त्यसकै मौका छोपी सुरक्षित रूपमा घरबाट निस्किएको बताइएको छ।
बिज्ञापन
यसैबीच, देउवा दम्पतीले संविधान दिवसकै दिन असोज ३ गते कूटनीतिक राहदानी लिएको पुष्टि भइसकेको छ। तर, उनीहरूले उक्त राहदानी कहिले र कसरी प्राप्त गरे भन्ने विषयमा परराष्ट्र मन्त्रालय वा राहदानी विभागले औपचारिक प्रतिक्रिया दिएका छैनन्।
राहदानी वितरण र प्रयोगसम्बन्धी विषयमा पछिल्ला घटनाक्रमहरूलाई लिएर सार्वजनिक चासो बढ्दो छ। विशेषगरी संवेदनशील समयमा नेताहरूको राहदानी लिनु र विदेश जाने तयारीसम्बन्धी चर्चा तीव्र बन्दै गएको छ।








