होमपेज > विद्युत् प्राधिकरणद्वारा बक्यौता महसुल बुझाउने म्याद कार्तिक २ सम्म सारियो

विद्युत् प्राधिकरणद्वारा बक्यौता महसुल बुझाउने म्याद कार्तिक २ सम्म सारियो

बिज्ञापन
बिज्ञापन

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत सेवा लिएका उपभोक्ताहरूलाई बक्यौता महसुल बुझाउने समयसीमा संशोधन गर्दै कार्तिक २ गतेसम्मको अन्तिम म्याद तोकेको छ।

बिज्ञापन

यसअघि असोज १२ गते सार्वजनिक गरिएको सूचनामा महसुल बुझाउने अवधि २१ दिन भनिएको थियो, तर उक्त सूचनामा त्रुटि रहेको भन्दै नयाँ मिति तोकिएको प्राधिकरणले स्पष्ट पारेको छ।

बिज्ञापन

प्राधिकरणका अनुसार, डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् आपूर्ति लिएका व्यापारी उपभोक्ताले तोकिएको म्यादभित्र बक्यौता भुक्तानी गर्नुपर्नेछ। तोकिएको अवधिभित्र सार्वजनिक बिदा परे पनि महसुल संकलन काउन्टरहरू खुला रहने र विद्युतीय माध्यमबाट पनि भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ।

व्यापारीहरू असन्तुष्ट

बिज्ञापन

यता व्यापारीहरूले भने प्राधिकरणले जबरजस्ती महसुल असुल गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूको भनाइमा, बक्यौता रकमको हिसाब पारदर्शी नभएको र संवादबिना दबाब दिइएको छ।

विद्युत् प्राधिकरणले भने उपभोक्ताले समयमै भुक्तानी नगर्दा राज्यलाई ठूलो आर्थिक घाटा हुने भएकाले समयमा महसुल असुल गर्न बाध्य भएको जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते