बिज्ञापन
पाकिस्तानलाई पराजित गर्दै एशिया कप २०२५ को उपाधि हात पारेको भारतीय क्रिकेट टिमलाई भारतीय क्रिकेट बोर्डले २१ करोड भारतीय रूपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ।
बिज्ञापन
गएराति युएईको दुबईमा सम्पन्न रोमाञ्चक फाइनलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो। उपाधि जितेसँगै बोर्डले खेलाडी र सपोर्ट स्टाफलाई २१ करोड भारु नगद वितरण गर्ने जनाएको हो।
पुरस्कार समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष सम्मान गरिएको थियो। भारतीय अलराउन्डर शिवम दुबेले खेलको खेल–परिवर्तनकर्ताको उपाधि प्राप्त गर्दै ३५ सय अमेरिकी डलर प्राप्त गरे। युवा ब्याट्सम्यान तिलक वर्माले सुपर सिक्स अफ द म्याचका लागि ३ हजार डलर र प्लेयर अफ द म्याचका लागि ५ हजार डलर सहित दुई प्रमुख पुरस्कार हात पारे।
बिज्ञापन
भारतीय स्पिनर कुलदीप यादवले प्रतियोगिताभरको निरन्तर प्रदर्शनका आधारमा १५ हजार डलर सहित ‘मोस्ट भ्यालुएबल प्लेयर’ को उपाधि जिते। त्यस्तै, युवा स्टार अभिषेक शर्माले प्रतियोगिताको सर्वोच्च सम्मान ‘प्लेयर अफ द टुर्नामेन्ट’ जित्दै १५ हजार डलर नगद र एक लक्जरी कार प्राप्त गरे।
समूहगत पुरस्कारमा उपाधि विजेता भारतले ३ लाख अमेरिकी डलर पायो भने उपविजेता पाकिस्तानले ७५ हजार डलरमा सन्तोष मान्यो।








