होमपेज > कामना सेवा विकास बैंकद्वारा क्षतिग्रस्त संरचना सञ्चालनमा सहयोग

कामना सेवा विकास बैंकद्वारा क्षतिग्रस्त संरचना सञ्चालनमा सहयोग

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

 कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत हालैका आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सरकारी संरचनाहरूलाई पुनः सञ्चालनमा ल्याउन सहयोग गरेको छ।

बिज्ञापन

पोखरा महानगरपालिका वडा नं. ३० को कार्यालयलाई बैंकले टेबल र कुर्सी हस्तान्तरण गरी कार्यालय सञ्चालनमा सहयोग गरेको हो। जेन जीको भ्रष्टाचार विरुद्धको आन्दोलनको क्रममा वडा कार्यालयका सबै फर्निचर तथा उपकरणहरू जलेर नष्ट भएका थिए।

बैंकको ढुङ्गेपाटन शाखाकी शाखा प्रबन्धक लक्ष्मी ढकालले वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीलाई फर्निचरहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वडाध्यक्ष सुवेदीले आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पुनः सञ्चालनका लागि सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिँदै अन्य संस्थाहरुलाई पनि पुनःनिर्माणमा सहभागी हुन आह्वान गरे।

बिज्ञापन

यस्तै, बैंकले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई पनि तत्काल आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ। आन्दोलनका क्रममा कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएपछि सेवा प्रवाहमा अवरोध आइरहेको थियो। बैंकका पोखरा क्षेत्र प्रमुख शिव कुमार ढकालले डीएसपी हरि बहादुर बस्नेतलाई उक्त उपकरणहरू हस्तान्तरण गरेका छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते