बिज्ञापन
नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्यले हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख १२ हजार रुपैयाँमा पुगेको छ।
बिज्ञापन
शुक्रबार सुनको मूल्य २ लाख १० हजार २०० रुपैयाँ थियो। आजको मूल्य शुक्रबारको तुलनामा १ हजार ४०० रुपैयाँले बढेको हो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी प्रतितोला १० रुपैयाँले बढेर २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। शुक्रबार चाँदीको मूल्य २ हजार ४९० रुपैयाँ थियो।
बिज्ञापन
विशेषज्ञहरूले अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव र अमेरिकी डलरसँगको विनिमय दरमा आएको परिवर्तनले नेपाली बजारमा सुनचाँदीको मूल्य प्रभावित भएको बताउँदै आएका छन्।








