कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना शेयरधनीहरूलाई आकर्षक लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हालै बसेको सञ्चालक समितिको बैठकमार्फत चुक्ता पुँजीको कुल १५.७८९५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो।
बिज्ञापन
घोषित लाभांशमध्ये, १० प्रतिशत बोनस शेयर तथा ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) रहने बैंकले जनाएको छ। लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि र बैंकको आगामी १९ औं वार्षिक साधारणसभा बाट पारित भएपछि मात्र कार्यान्वयनमा ल्याइनेछ।
बिज्ञापन
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेेश थकालीका अनुसार, लाभांश प्रस्ताव आइतबार दिउँसो ४ बजे बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले पारित गरेको हो।
यो घोषणासँगै कामना सेवा विकास बैंक चालु आर्थिक वर्षमा लाभांश घोषणा गर्ने पहिलो विकास बैंक समेत बनेको छ। अघिल्लो वर्ष बैंकले आफ्ना शेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गरेको थियो।
बिज्ञापन
शेयरधनीहरूका लागि यो निर्णय सकारात्मक संकेत मानिएको छ, किनभने बोनस शेयरले लगानी मूल्य बढाउनेछ भने नगद लाभांशले तत्काल लाभ पनि दिलाउनेछ।








