होमपेज > आज भाद्र शुक्ल पूर्णिमामा खग्रास चन्द्रग्रहण, नेपालबाट पूरै देखिने

आज भाद्र शुक्ल पूर्णिमामा खग्रास चन्द्रग्रहण, नेपालबाट पूरै देखिने

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

नेपाल पञ्चांग निर्णायक विकास समितिले आज भाद्र शुक्ल पूर्णिमाको दिन खग्रास चन्द्रग्रहण लाग्ने जनाएको छ। यो २०८२ सालको पहिलो चन्द्रग्रहण हो, जुन नेपालसहित भारत र अन्य एसियाली देशबाट सुरुदेखि अन्त्यसम्म स्पष्ट रूपमा देख्न सकिनेछ।

बिज्ञापन

समितिका अनुसार ग्रहण राति १०:११ बजे स्पर्श गर्नेछ, ११:५६ बजे मध्य हुनेछ र १:४१ बजे मोक्ष (अन्त्य) हुनेछ। ग्रहणको कुल अवधि ३ घण्टा ३० मिनेट हुनेछ भने खग्रास (चन्द्रमाको पूरै भाग ढाकिने) अवस्था १ घण्टा २३ मिनेट रहनेछ।

समितिका पूर्वअध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार, चन्द्रग्रहण काठमाडौंबाट साढे तीन घण्टा अवलोकन गर्न सकिनेछ। यस्तै, आउँदो फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने जानकारी समितिले दिएको छ।

बिज्ञापन

ग्रहणको समयमा के गर्न, के नगर्न?

शास्त्रीय मान्यताअनुसार ग्रहणको समयमा मन्त्रजप, दान, स्नान गर्नु पुण्यकारी मानिन्छ। त्यसैगरी, खानपान, सुत्न, मैथुन गर्न वर्जित गरिएको छ। विशेषगरी आज दिउँसो १:११ बजेदेखि ग्रहण सकिएपछि मात्र भोजन गर्नुपर्ने मान्यता छ। बालबालिका, वृद्धवृद्धा र बिरामीलाई भने अपवाद गरिएको छ।

राशिफल अनुसार ग्रहणको प्रभाव

राशि  – प्रभाव

मेष लाभ

वृष सुखम्

मिथुन माननाश

कर्कट कष्टम्

सिंह स्त्रीपीडा

कन्या सौख्यम्

तुला चिन्ता

वृश्चिक व्यथा

धनु श्रीप्राप्ति

मकर क्षति

कुम्भ घात

मीन व्यय

आजको खग्रास चन्द्रग्रहण वैज्ञानिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ। यस्तो दुर्लभ खगोलीय घटना हेर्न खगोलप्रेमीहरू उत्साहित छन् भने धार्मिक आस्थाका अनुयायीहरू पूजा-पाठ, ध्यान तथा मन्त्रजपमा लीन हुने अपेक्षा गरिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते