होमपेज > ओलीको दाबी: “०८४ को चुनावमा एमालेको एकल बहुमत रोक्न कसैले सक्दैन”

ओलीको दाबी: “०८४ को चुनावमा एमालेको एकल बहुमत रोक्न कसैले सक्दैन”

बिज्ञापन
बिज्ञापन

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो २०८४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दृढ विश्वास व्यक्त गरेका छन्।

बिज्ञापन

शुक्रबार काठमाडौंमा आयोजित पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, “हामी गम्भीरताका साथ मिसन ८४ का लागि अगाडि बढेका छौं। कम्तीमा एकल बहुमत ल्याउनैपर्छ।” उनले पार्टीका सम्पूर्ण संरचना र कार्यकर्ताहरू परिचालन गरेर जनतामाझ सक्रिय अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

बिज्ञापन

ओलीले विश्वास दिलाए कि यदि पार्टीका सम्पूर्ण कमिटी, जनवर्गीय संगठन र कार्यकर्ताहरू परिचालित भएर जनसम्पर्कमा गएमा बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन। उनले भने, “यदि हामी सक्रियतापूर्वक जनताको बीचमा गयौँ भने बहुमत ल्याउन सक्छौं, कसैले रोक्न सक्दैन।”

प्रधानमन्त्री ओलीले एमालेप्रति विभिन्न असभ्य आरोपहरू लागे पनि जनताले ती आरोपप्रति विश्वास नराखेको दाबी गरे। “हाम्रा विरुद्ध असभ्य आरोपहरू लागे पनि नेपाली जनताले विश्वास गरेनन्, त्यसैले पार्टी आज सरकारमा छ र राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिको रूपमा खडा भएको छ,” उनले भने।

बिज्ञापन

उनले आगामी निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण हुने विश्वास पनि व्यक्त गरे। “हामी सरकारमा छौं, धाँधली हुन दिइनेछैन,” ओलीले स्पष्ट पारे। साथै, उनले निर्वाचन ‘दुष्प्रभावबाट मुक्त’ हुने दाबीसमेत गरे। प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति पार्टीभित्र चुनावी तयारीलाई तिव्र बनाउँदै लैजाने संकेतका रूपमा हेरिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते