होमपेज > देशमा सम्भावना छ भन्दा पनि गाली खाने दिन आयो: मनोज ज्ञवाली

देशमा सम्भावना छ भन्दा पनि गाली खाने दिन आयो: मनोज ज्ञवाली

बिज्ञापन
बिज्ञापन

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार ज्ञवालीले देशमा संभावना छ भनेर बोल्दा पनि गाली खाने दिन आएको बताएका छन् । शैक्षिक धारको ’द ग्राविटी शो’ एआई पोडकाष्टको शुभारम्भ गर्दै सिइओ ज्ञवालीले समाज नकारात्मकता तर्फ अघि बढेकाले त्यसलाई चिर्दै नेपाल बनाउने अभियानमा आफ्नो ठाउँबाट इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

बिज्ञापन

सिइओ ज्ञवालीले नम्बरको पढाइ छाडेर सिकाइका लागि पढ्ने बानीको विकासले विद्यार्थीलाई सृजनशील बनाउने बताए । उनले भने, “प्रविधिको जमानामा एआइको प्रयोग गरेर सिकाउँदै शिक्षा छर्ने पोडकाष्टको सफलताको शुभकामना दिन चाहन्छु ।”

बिज्ञापन

ज्ञवालीले अब युगमा डिजिटाइजेसन र एआइ अपनाउनैपर्ने औंल्याए । उनले एआईलाई एउटा टुल्सको रुपमा महत्व छ भनि बुझ्न जरुरी रहेको बताए । उनले टेक्नोलोजिले धेरै कुरा परिवर्तन गर्छ भन्ने कुरा सबैले बुझ्न आवश्यक रहेको बताए ।

ग्राविटी ग्रुपका सिइओ दिपक चौलागाईले सञ्चालन गर्ने पडकाष्ट योहो टेलिभिजनमा प्रसारण हुनेछ । पोडकाष्टमा एआई संवाद समेत राखिने गरी डिजाइन गरिएको चौलागाईले जानकारी दिए ।

बिज्ञापन

उनका अनुसार शिक्षा आर्जनका लागि सहयोगी बन्नेगरी पडकाष्ट प्रसारणमा आउनेछ । योहो टिभी र ग्राविटी ग्रुपबिच शुक्रबारनै सम्झौता आदानप्रदान गरिएको छ । म्याक्सहव एआइ स्मार्ट बोर्डले शोको टाइटल स्पोन्सर गरेको छ ।

ग्राविटी ग्रुपले ग्राविटी होम ट्यूसन सोलुसन सञ्चालन गर्दै आएको छ भने ग्राविटी मेगा मिडिया समेत सञ्चालनमा ल्याएको छ ।
सोही अवसरमा नबिल बैँकका सिइओ ज्ञवालीले चाबहिल स्थित केएल टावरमा सञ्चालनमा रहेको ग्राविटी होम ट्यूसन सोलुसन’को रिवन काटेर उद्घाटन गरेका छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते