होमपेज > वीरगञ्जमा हुन्डाईको आधुनिक सोरुम सञ्चालन, स्थानीय ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको सेवा

वीरगञ्जमा हुन्डाईको आधुनिक सोरुम सञ्चालन, स्थानीय ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको सेवा

बिज्ञापन
बिज्ञापन

नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले वीरगञ्जमा नयाँ अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ।

बिज्ञापन

शुक्रबार वीरगञ्जको श्रीपुर मुर्लीस्थित सोरुमको एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको हो। कम्पनीले यस नयाँ सोरुममार्फत वीरगञ्ज, सिमरा, कलैया, चन्द्रनिगाहपुर लगायत आसपासका क्षेत्रका ग्राहकहरूलाई हुन्डाईका प्रिमियम गाडी र गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउने जनाएको छ।

बिज्ञापन

सोरुम अत्याधुनिक पूर्वाधारसहित निर्माण गरिएको छ, जसले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको गाडी खरिद र सेवा अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि आफ्नो सञ्जाल विस्तार गर्ने रणनीतिअन्तर्गत वीरगञ्जमा नयाँ सोरुम सञ्चालनमा ल्याएको स्पष्ट पारेको छ। यसले स्थानीय ग्राहकलाई थप सुविधाजनक सेवा र सहज पहुँच प्रदान गर्नेछ।

हुन्डाई नेपालमा लामो समयदेखि विश्वासिलो अटोमोबाइल ब्रान्डका रूपमा परिचित छ। उत्कृष्ट गुणस्तर, सुरक्षा र उच्च प्रदर्शनका गाडीहरू उपलब्ध गराउँदै आएको हुन्डाईले हालै नवलपरासी, रामग्राममा नेपालको पहिलो चार पाङ्ग्रे गाडी असेंब्ली प्लान्ट सञ्चालनमा ल्याएर आफ्नो बजार उपस्थितिलाई थप सुदृढ बनाएको छ।

बिज्ञापन

वीरगञ्ज सोरुमको उद्घाटनले गुणस्तरीय यातायात सेवा देशव्यापी रूपमा विस्तार गर्ने हुन्डाईको दीर्घकालीन लक्ष्यलाई बलियो बनाएको कम्पनीको भनाइ छ। बढ्दो बिक्री सञ्जाल, सेवा केन्द्र र ग्राहक सेवा बिन्दुहरूका साथ कम्पनीले दिगो, उन्नत र प्रिमियम गाडी सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते