होमपेज > बर्खासँगै थबाङवासीको पीडा : बिरामी बोकेरै अस्पताल पुर्‍याउने बाध्यता

बर्खासँगै थबाङवासीको पीडा : बिरामी बोकेरै अस्पताल पुर्‍याउने बाध्यता

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

चेतन संघर्ष क्षेत्री, रोल्पा । बर्खा सुरु हुनासाथ रोल्पा जिल्ला थबाङ गाउँपालिका (साविक उवा गाविस) का स्थानीयको दैनिकी फेरि पनि कष्टकर बनेको छ। लगातारको वर्षातले बाटो बिग्रँदा सामान्य यात्रा, बिरामीलाई अस्पताल पुर्‍याउने वा खाद्यान्न भित्र्याउने कामसमेत जोखिमपूर्ण र कठिन बन्ने गरेको छ।

बिज्ञापन

अत्यधिक वर्षाका कारण सडक हिलाम्य हुने, कतिपय ठाउँमा बगाएरै लैजाने स्थिति सिर्जना हुने भएकाले यातायात सेवा प्रायः ठप्प हुन्छ। सडकको दुरावस्था र साधन अभावले स्थानीयले बिरामी वा भारी सामान बोकेरै लामो दुरी पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। यस्तै, हालै थबाङकी ७३ वर्षीया राममाया रोका मगर दम र निमोनियाबाट पीडित भएपछि गाउँलेहरूलाई ठूलो समस्या भोग्नुपर्‍यो। उनलाई उपचारका लागि अस्पताल लैजान कुनै सवारीसाधन उपलब्ध नभएपछि स्थानीय युवाले पालैपालो बोकेर कठिन बाटो हुँदै अस्पताल पुर्‍याएका थिए।

बिज्ञापन

स्थानीयको भनाइमा यस्तो समस्या वर्षौंदेखि दोहोरिँदै आएको हो। तर अझैसम्म सडक स्तरोन्नति र स्वास्थ्य सेवा पहुँचको ठोस पहल हुन सकेको छैन। आधारभूत पूर्वाधार अभावले गाउँको जीवन झन् कष्टकर बनेको उनीहरूको गुनासो छ।

थबाङ क्षेत्र शिक्षा, स्वास्थ्य, सडक र पूर्वाधार विकासमा पछाडि परिरहेको भन्दै स्थानीयले तत्काल ध्यान दिन आग्रह गरेका छन्। उनीहरूको भनाइमा—“सडक सुधार नभएसम्म बर्खा लाग्दा हरेक वर्ष यस्तो पीडा भोग्नुपर्ने स्थिति कायमै रहनेछ।”

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते