होमपेज > रवि लामिछानेलाई एक्कासी के भयो?

रवि लामिछानेलाई एक्कासी के भयो?

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । लामिछानेको स्वास्थ्यमा समस्या देखिएको पार्टी उपसभापति डिपी अर्याल (डोलप्रसाद) ले बताएका छन् ।

बिज्ञापन

‘सभापतिलाई नख्खु ल्याउँदै गर्दा म भारतमा थिएँ । भारतको हैदरावादबाट आज बिहान मात्रै काठमाडौं आएँ । लगत्तै सभापतिलाई भेट्न आएँ । उहाँको स्वास्थ्यमा केही समस्या हो कि भन्ने देखिएको छ,’ उनले भने ।

बिज्ञापन

सभापति लामिछानेलाई भेट्न सोमबार दिउँसो उपसभापति अर्याल नख्खु कारागार पुगेका हुन् । कारागार स्रोतले पनि सभापति लामिछानेको स्वास्थ्यमा समस्या देखिएको जनाएको छ । सभापति लामिछानेलाई जन्डिस (कमलपित्त) को आशंका गरिएको छ । जन्डिसको आशंका हुने बित्तिकै उनको रगतको नमूना परीक्षणका लागि वीर अस्पताल लगिएको कारागार स्रोतले जनायो ।

‘उहाँलाई जन्डिसको आशंका गरिएको छ । रगत झिकेर परीक्षणका लागि नमूना वीर अस्पताल लगिएको छ,’ कारागार स्रोतले भन्यो । सहकारी ठगी प्रकरणमा पुपक्र्षका लागि थुनामा रहेका सभापति लामिछानेलाई गत शनिबार रूपन्देहीबाट ललितपुरको नख्खु ल्याइएको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते