होमपेज > के रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदैछ?

के रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदैछ?

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला कारागार रुपन्देहीबाट आज (शनिबार) दिउँसो सरुवा गरेर काठमाडौं लगिँदैछ ।

बिज्ञापन

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई आज दिउँसो काठमाडौं लैजान लागिएको हो । उनी गत चैत २५ गतेदेखि कारागारमा छन् । लामिछानेलाई काठमाडौं ल्याएर नख्खु कारागारमा राखिने छ । लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभाले सरुवा गर्ने निर्णय गरेको थियो ।

बिज्ञापन

शनिबार दिउँसो ३ बजे बुद्ध एयरको जहाजमार्फत काठमाडौं लगिने रुपन्देही प्रहरीले जानकारी दिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले केही दिन अघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको समेत असुरक्षा रहेको बताएपछि उनलाई काठमाडौं सार्न सरकार तयार भएको हो ।

लामिछानेलाई स्वागत गर्नको लागि पत्नी निकिता पनि एयरपोर्ट जाने तयारी छ भने समर्थकहरू एयरपोर्ट जाँदै छन् । रास्वपाले पार्टी सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते