होमपेज > रविलाई समर्थकहरुबाट ‘छल्दै’ त्रिभुवन विमानस्थलबाट नख्खु लगियो

रविलाई समर्थकहरुबाट ‘छल्दै’ त्रिभुवन विमानस्थलबाट नख्खु लगियो

बिज्ञापन
बिज्ञापन

भैरहवा कारागारबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आयल निगमको बाटो हुँदै निकालिएको छ ।

बिज्ञापन

रविलाई ल्याउने भनेपछि रास्वपाका नेता–कार्यकर्ता विमानस्थलमा भेला भएका थिए । तर, रविलाई लुकाएर अर्को बाटो लगिएको छ । लामिछानेलाई स्वागत गर्नको लागि विमानस्थलमा पत्नी निकितासहित समर्थकहरू पुगेका थिए । अब उनलाई सिधै नख्खु कारागार, ललितपुर लगिनेछ । त्यहाँ पनि बाल्लो भिड जम्मा भइसकेको छ ।

बिज्ञापन

आज (शनिबार) बुद्ध एयरको विमानबाट उनलाई भैरहवाबाट काठमाडौं ल्याइएको हो । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा पूर्व गृहमन्त्री समेत रहेका लामिछाने गएको चैत २५ गते जिल्ला कारागार रुपन्देहीमा पुर्पक्षका लागि जेल चलान भएका थिए ।

उनी उच्च अदालत तुलसीपुरको, बुटवल इजलासको आदेशले कारागार चलान भएका थिए । लामिछानेले आफूलाई १२६ दिनसम्म सहयोग गर्ने भैरहवाका जनता, सुरक्षाकर्मी र कारागार प्रशासनप्रति आभार व्यक्त गरेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते