होमपेज > २४ लाख नगद रकमसहित ५ जना पक्राउ

२४ लाख नगद रकमसहित ५ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

बाँके प्रहरीले स्रोत नखुलेको २४ लाख नगद रकमसहित ५ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँ उड्नका लागि तयारी अवस्थामा रहेका ५ जना भारतीय नागरिकलाई नेपालगन्ज विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बिज्ञापन

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका ४४ वर्षीय प्रकाश नारायण गुप्ता, ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आशिष गुप्ता, ३९ वर्षीय पङ्कज जयसवाल र ४६ वर्षीय विमल गुप्ता रहेका छन् । विमानस्थलमा चेकजाँच गर्ने क्रममा २४ लाख स्रोत नखुलेको रकम फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । बरामद रकम हुण्डी कारोबारको भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

पक्राउ परेकाहरूलाई हुन्डी कारोबारसम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते