वैदेशिक रोजगारीका लागी अष्ट्रेलिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ ।
बिज्ञापन
पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका ३१ वर्षीय गणेश गुरुङ छन् ।
बिज्ञापन
आरोपीले अष्ट्रेलिया पठाउँछु भनेर एकजना पीडितबाट ४ लाख असुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए । उनलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।








