होमपेज > नेपालले पायो भारतमा विद्युत् निर्यातमा थप २०० मेगावाट बिक्रीको अनुमति

नेपालले पायो भारतमा विद्युत् निर्यातमा थप २०० मेगावाट बिक्रीको अनुमति

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

नेपालले भारतमा विद्युत् निर्यात क्षमता विस्तार गर्दै थप २०० मेगावाट बिक्रीको अनुमति पाएको छ । भारत सरकारले नेपालका पाँच जलविद्युत् आयोजना लिखु२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादित विद्युत् खरिद गर्न स्वीकृति प्रदान गरेको हो ।

बिज्ञापन

यो नयाँ स्वीकृति साउन २६ गते प्रदान गरिएको हो, जसको कार्यान्वयन मिति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२५ सम्म हुनेछ । आर्थिक वर्ष २०८१/८२ मा नेपालले १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरिसकेको छ । थप निर्यात अनुमतिसँगै यो रकम आगामी महिनामा दोब्बर हुने अनुमान गरिएको छ । यसले नेपालभारत विद्युत् व्यापारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

यसअघि भारत र बंगलादेशमा गरी ९४१ मेगावाट विद्युत् बिक्री भइरहेको थियो । त्यसमा २०० मेगावाट थप भएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए । यससँगै नेपालले अब कुल एक हजार १४१ मेगावाट विद्युत् भारतीय बजारमा बिक्री गर्न पाउनेछ ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते