मोटरसाइकल दुर्घटनामा परी दैलेखमा एक जनाको मृत्यु भएको छ।
बिज्ञापन
कर्णाली प्रदेश ०२–००२ प २८७७ नम्बरको मोटरसाइकल भगवतीमाई गाउँपालिका-१, मौलेसालमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। दुर्घटनामा परी डुंगेश्वर गाउँपालिका–२, लाँकुरीका ३८ वर्षीय तेजबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए।
बिज्ञापन
मोटरसाइकलले नियन्त्रण गुमाउँदा सडकमै अड्केको र थापा सडकबाट करिब १५ मिटर तल खोल्सामा खसेर घाइते भएको अवस्थामा उद्धार गरी दैलेख अस्पताल पुर्याइएको थियो। अस्पतालमा पुर्याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए।








