होमपेज > म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन : मन्त्री कुलमान घिसिङ

म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन : मन्त्री कुलमान घिसिङ

बिज्ञापन
बिज्ञापन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पनि राजनीतिक पार्टीमा आबद्ध हुने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका छन्। हालै केही सामाजिक सञ्जाल र सञ्चारमाध्यममा मन्त्री घिसिङलाई “उज्यालो नेपाल पार्टी” सँग जोडेर पार्टीको अध्यक्ष बन्न लागिएको भन्दै समाचारहरू प्रकाशन भएपछि उनले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

बिज्ञापन

मन्त्री घिसिङले विज्ञप्तिमार्फत भनेका छन्, “सूचना र समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आबद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन। प्रचार गरिएजस्तो ‘जुम’ बैठकमा मेरो सहभागिता समेत नरहेको स्पष्ट पार्दछु।”

बिज्ञापन

उनका अनुसार, आफू सँग कुनै सल्लाह र छलफल नगरी दूषित मनसायका साथ असत्य र तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको भएकाले उनले सो समाचारको खण्डन गर्दै सबैलाई त्यस्ता भ्रममा नपर्न आग्रह गरेका छन्।

मन्त्री घिसिङले हाल सरकारका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको सुधारमा ध्यान केन्द्रित गरिरहेको बताउँदै, राजनीतिक चर्चा–प्रचारमा आफू संलग्न नरहेको पुनः दोहोर्याएका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते