होमपेज > नेपाल-चीन कुटनीतिक सम्बन्धबारे चर्चा

नेपाल-चीन कुटनीतिक सम्बन्धबारे चर्चा

बिज्ञापन
बिज्ञापन

विश्व शक्तिका रुपमा स्थापित चीनबाट नेपालले राजनीतिक तथा आर्थिक लाभ उठाउनुपर्नेमा विज्ञहरुले जोड दिएकाछन् ।

बिज्ञापन

नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, कुटनीतिज्ञ डा. भेषराज घिमिरे, प्रसिद्व साहित्यकार नन्दु उप्रेती, फ्रेन्डस अन क्लाउडका अध्यक्ष शोभित उप्रेती लगायतले द्विपक्षीय सम्बन्ध र चासोका विषयमा धारणा राखेका हुन् ।

बिज्ञापन

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. श्रेष्ठले चीन र नेपालको योजनाबद्ध विकासको कार्यक्रमसँगै सुरु भएपनि आर्थिक विकास र प्रतिव्यक्ति आयमा नेपाल निकै पछाडि परेको उल्लेख गरे । नेपालले अब आफ्नो मु्ख्य मुद्दा विकासलाई बनाउनुपर्ने र त्यसका लागि प्राविधिक तथा आर्थिक सहयोग चीनबाट लिन सक्नुपर्ने धारणा राखे ।

बिज्ञापन

प्रा. डा. भेषराज घिमिरेले चीनसंग आर्थिक कुटनीति बलियो पारेर नेपालले फाइदा उठाउनुपर्ने धारणा राखे । चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको स्मरण गर्दै उनले नेपालको समृद्धिमा चीनले सघाउँछु भन्दापनि नेपाल सरकार र यहाँका राजनीतिक दलहरुले फाइदा उठाउन नसक्नु विडम्बनापूर्ण भएको बताए ।

कार्यक्रममा साहित्यकार नन्दु उप्रेतीले हालै आफुले गरेको चीन भ्रमणको अनुभव सुनाउँदै त्यहाँको जीवनशैली र परिवर्तित सामाजिक अवस्थाबारे जानकारी गराएका थिए ।

क्लाउडका अध्यक्ष उप्रेतीले नेपाल – चीन सम्बन्ध अटुट, विश्वसनिय र चिरस्थायी राख्न एक अर्काको संवेदनशीलता र चासोमा गम्भीर हुनुपर्ने धारणा राखे ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते