होमपेज > सानिमा रिलायन्स लाइफले इन्स्योरेन्स इन्स्टिच्युट इण्डियामा दिलायो अभिकर्तालाई तालिम

सानिमा रिलायन्स लाइफले इन्स्योरेन्स इन्स्टिच्युट इण्डियामा दिलायो अभिकर्तालाई तालिम

बिज्ञापन
बिज्ञापन

जीवन बीमा कम्पनीहरूले भारतीय मोटिभेशनल स्पिकर डाँकेर प्रशिक्षण दिने होडबाजी चलेका बेला सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्तालाई भारतको प्रतिष्ठित शिक्षण संस्थामा तालिमको अवसर प्रदान गरेको छ।

बिज्ञापन

सानिमा रिलायन्स लाइफले शैक्षिक भ्रमण अन्तर्गत शनिबार भारतको मुम्बई स्थित प्रतिष्ठित इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डियामा तालिममा सहभागि गराएको हो। तालिमको पहिलो दिन अन्तर्राष्ट्रिय बीमा अभ्यास, नीति, प्रविधि र ग्राहक सेवा प्रणालीबारे नयाँ कुरा सिक्ने अवसर मिलेको अभिकर्ता सीता श्रेष्ठले जानकारी दिएकी छिन् ।

बिज्ञापन

तालिममा ५० जना अभिकर्ताको सहभागिता रहेको छ। भारतीय कथित प्रशिक्षकलाई निम्त्याएर तालिम सञ्चालन गर्दा अभिकर्ताले केही घण्टा मनोरञ्जन लिए पनि उनीहरूको वृत्ती विकासमा योगदान नपुग्ने भन्दै पछिल्लो समयमा अभिकर्ताहरूले मान्यता प्राप्त शिक्षण संस्थाबाट तालिममा सहभागिताको माग गरिरहेका छन्।

नेपालमा भारतीय प्रशिक्षकले सञ्चालन गर्ने तालिममा सहभागिहरूले प्रमाण पत्र प्राप्त गरे पनि त्यस्तो प्रमाण पत्रले उनीहरूको सीभीमा कुनै अर्थ राख्दैन, कतै मान्य हुँदैन। इन्स्योरेन्स इन्स्टिच्युट जस्ता संस्थाबाट सञ्चालित तालिममा सहभागिताको अवसर प्राप्त गर्दा विषय विज्ञसँग ज्ञान प्राप्त गर्ने मात्र नभएर सीभीमा समेत उल्लेख गर्न सकिने तालिम प्रमाण पत्र समेत प्राप्त गर्ने अवसर मिल्छ।

बिज्ञापन

यसैगरी इन्स्योरेन्सले कर्मचारीको दक्षता अभिवृद्धिलाई पनि प्राथमिकतामा राख्दै हालै मात्र प्रधान कार्यालयमा देशैभरका कर्मचारीका लागि तीन दिने तालिम सञ्चालन गरेको छ। चालू आर्थिक वर्षको शुरूवातमै कर्मचारीलाई सम्बन्धित विषयमा थप प्रशिक्षण प्रदान गरेर दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम कार्यक्रम सञ्चालन गरेको हो। इन्स्योरेन्सका केही कर्मचारीलाई बैंकिङ एण्ड फाइनान्सियल इन्स्टिच्युटले सञ्चालन गरेको सम्पत्ती शुद्धिकरण निवारण सम्बन्धित तालिममा पनि सहभागि गराएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते