रौतहटको चन्द्रपुर नगरपालिकाबाट लागूऔषध खैरो हिरोइनसहित एक व्यक्ति पक्राउ परेका छन्।
बिज्ञापन
चन्द्रपुर नगरपालिकाको वडा नं. ४ चिडियादहबाट प्रहरीले ३१ वर्षिय सागर श्रेष्ठलाई खैरो हिरोइनसहित पक्राउ गरेको हो। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटेको टोलीले श्रेष्ठलाई १.५ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो।
बिज्ञापन
पक्राउ परेका श्रेष्ठलाई रौतहट जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक कुमार रायले बताए।








