ललितपुरको सातदोबाटोस्थित एक घरमा अवैध कल सेन्टर चलाएको आरोपमा प्रहरीले ५३ जनालाई नियन्त्रणमा लिएको छ।
बिज्ञापन
सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अपरेशन चलाएर सातदोबाटोस्थित कल सेन्टरमा पुगेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार घर भाडामा लिएर कल सेन्टर चलाइरहेको सूचना पछि प्रहरीको टोली खटिएको थियो। उनीहरू तीन तले घरमा बसेका थिए।
बिज्ञापन
कम्पनी नै दर्ता गरेर कल सेन्टर र जुवा खेलाउने लगायतका काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी बोगटीले बताए। पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक छन्। अन्य सबै नेपाली नागरिक छन्। उनीहरूमाथि अनुसन्धान गरेर मंगलबार म्याद थप्ने तयारी सिआइबीको तयारी छ।








