होमपेज > वाई२७एस सार्वजनिक गर्ने तयारीमा भिभो

वाई२७एस सार्वजनिक गर्ने तयारीमा भिभो

बिज्ञापन
बिज्ञापन

एक अग्रणी टेक्नोलोजी ब्राण्ड भिभोले आफ्नो वाई सिरिज अन्तर्गत बहुप्रतिक्षित स्मार्टफोन वाई२७एस सार्वजनिक गर्ने तयारी गरेको छ । खबरको अनुसार वाई२७एस आकर्षक विशेषताहरुको साथ आउने अपेक्षा गरिएको छ ।

बिज्ञापन

भिभो डिजाइनमा नयाँ मापदण्डहरु कायम गर्दै उत्कृष्ट पर्फमेन्श भएका स्मार्टफोनहरु प्रदान गर्नका लागि परिचित छ र वाई२७एस मा पनि सोही नवीनताले निरन्तरता पाउने अनुमान गरिएको छ । यसमा उच्च स्तरीय प्रदर्शन गर्ने स्मार्टफोन अनुभवको लागी शक्तिशाली क्षमताहरु तथा आकर्षक डिजाइनको संयोजन रहनेछ ।

बिज्ञापन

भिभो वाई२७एस दुई रोचक कलर भेरियन्ट – बरगन्डी ब्ल्याक र गार्डेन ग्रीनमा लन्च गर्ने अपेक्षा गरिएको छ । यो स्मार्टफोनले ब्रह्माण्डीय रातको आकाशीय महिमा जगाउने सुन्दर फिनिश प्रदान गर्ने भनिएको छ । अर्कोतर्फ, गार्डेन ग्रीन भेरियन्टले यसको सतहलाई सजाउने एक शानदार डाइमण्ड बनावटको अपेक्षा गरिएको छ, जसले उपकरणको उत्कृष्ट सिल्हूटलाई परिष्कृतताको नयाँ उचाइहरूमा लग्नेछ । विवरणमा ध्यान दिँदा स्मार्टफोन सुन्दर, परिष्कृत र आकर्षक डिजाइनमा आउँने संकेत गर्ने कम्पनीको भनाइ छ ।

पहिलै नै उच्च प्रत्याशित विशेषताहरुलाई विस्तृतमा कुरा गर्दा वाई२७एस आकर्षक सुविधाहरूको साथ एक प्रभावशाली स्मार्टफोन हुनेछ । यसले अतुलनीय चार्जिङ गति प्रदान गर्ने वाचा गर्दै ४४ वाट फ्ल्यासचार्जको साथ आउने अपेक्षा गरिएको छ । साथै यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्री हुन सक्ने अनुमान पनि गरिएको छ जसले प्रयोगकर्ताहरूलाई दिनभर लाई पुग्ने पर्याप्त पावर सुनिश्चित गर्दछ । यदि यी अनुमानहरू सही भयो भने यो उपकरण एक सुन्दर पावरहाउस हुन सक्छ जसले अत्याधुनिक प्रविधिको साथ अद्वितीय प्रयोगकर्ता अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

बिज्ञापन

भिभोको वाई सिरिजका स्मार्टफोनहरूले असाधारण कार्यक्षमता र अत्याधुनिक सुविधाहरूले गर्दा अत्यधिक लोकप्रियता हासिल गरिरहेको छ । प्रयोगकर्ताहरूलाई निर्बाध अनुभवहरू र अतुलनीय विश्वसनीयता प्रदान गर्न ब्राण्डले निरन्तर पर्फमेन्शमा नवीनता प्रदान गर्दै आइरहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते