आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय प्रदर्शन गर्ने अभिकर्ताहरूलाई विशेष सम्मान गर्ने उद्देश्यले Business Excellence Award Night 2025 (BEAN-2025)” सम्पन्न गरेको छ।
बिज्ञापन
पोखरास्थित पोखरा ग्राण्ड होटलमा आयोजित उक्त कार्यक्रम कम्पनीका सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का, नायब प्रमुख कार्यकारी अधिकृतहरू, चिफ मार्केटिङ अफिसरहरू, प्रदेश प्रमुखहरू र अन्य कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भयो। कार्यक्रममा उत्कृष्ट व्यवसाय, समर्पण र निरन्तरताको उच्च मूल्यांकन गर्दै सफल अभिकर्ताहरूलाई सम्मान गरिएको हो। सम्मानस्वरूप नेपालमै निर्मित स्वदेशी “आँखिझ्याल” शैलीको विशेष अवार्ड प्रदान गरिएको थियो, जसले घरेलु उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको छ।
बिज्ञापन
समारोहका प्रमुख वक्ता पवन कुमार खड्काले भने, “कम्पनीको हरेक सफलता र सम्मान हाम्रो अभिकर्ता तथा कर्मचारीहरूको निरन्तर समर्पण र सहकार्यको प्रतिफल हो। आगामी दिनहरूमा आईएमई लाइफ अझ प्रगतिशील, प्रविधिमैत्री र बीमित तथा अभिकर्ता केन्द्रित सेवा प्रवाहमा केन्द्रीत हुनेछ।” कार्यक्रमले अभिकर्ताहरूको उत्साह बढाउनुका साथै कम्पनीको सेवा सुधार र नवप्रवर्तनमा थप प्रेरणा दिने अपेक्षा गरिएको छ।







