होमपेज > सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका गर्न मुख्यमन्त्री सतिश कुमार सिंहको आग्रह

सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका गर्न मुख्यमन्त्री सतिश कुमार सिंहको आग्रह

बिज्ञापन
बिज्ञापन

मधेश प्रदेशको मुख्यमन्त्री सतिश कुमार सिंहले सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गर्ने बताउँदै आवश्यक सहयोग गर्न संघीय सरकार र दातृ निकायहरुसंग आग्रह गरेका छन् ।

बिज्ञापन

मंगलबार विहान सरोकारवाला मन्त्रालय र दातृ निकायहरुसंग छलफल गर्दै मुख्यमन्त्री सिंहले सुख्खा र खानेपानीको मौजुदा समस्या समाधानका लागि सबैको सामुहिक प्रयास आवश्यक रहेको बताउँदै मौजुदा अवस्थामा प्रदेश सरकार तथा दातृ निकायहरुवाट गर्न सकिने तात्कालिन र दिर्घकालिन उपायहरु अवलम्बन गर्न उनले आग्रह गरेका हुन् ।

बिज्ञापन

प्रदेशका सबै १ सय ३६ वटै पालिकामा सुख्खा र खानेपानीको समस्या रहेको बताउँदै मुख्यमन्त्री सिंहले प्रदेशका नागरिक समस्यामा रहेका बेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृ निकायका प्रतिनिधिहरूलाई आग्रह गरे ।
‘प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभाववाट संकटमा रहेका वेला खुल्ला हृदयले सहयोग गर्न दातृ निकायहरुलाई आग्रह गर्दछु,’मुख्यमन्त्री सिंहले भने ।

सुख्खाका कारण धान रोपाइ हुन नसके यसले आगामी दिनमा खाधान्न संकट आउन सक्ने खतरालाई ध्यानमा राखी काम अगाडी बढाउन मुख्यमन्त्री सिंहले समपूर्ण सरोकारवालाहरुलाई निर्देशन दिए । अहिलेवाट नै काम सुरु गरौं, कहाँ समस्या आउछ मलाइ भन्नुहोस तर अव नागरिकलाई यो समस्यावाट निकाल्नु हामी सबै गम्भिरताका साथ लागौं – मुख्यमन्त्री सिंहले भने ।

बिज्ञापन

उनले सुख्खा र खानेपानी समस्याको समाधानका लागि संघीय सरकारसँग आवश्यक छलफल भइरहेको बताए । मुख्यमन्त्री सिंहले सुख्खा र खानेपानीको समस्या समाधानका लागि हुने सबै प्रयास र कार्यको दैनिक अपडेट गराउन समेत आग्रह गरे ।
बैठकमा भुमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री,गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी र उर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, विभिन्न दातृ निकायका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते