होमपेज > अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न युपिपिसीएल सँग सम्झौता

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न युपिपिसीएल सँग सम्झौता

बिज्ञापन
बिज्ञापन

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युुत निगम (एसजेभीएन) ले उत्तर प्रदेश पावर कर्पोरेशन लिमिटेड (युपिपिसीएल) सँग सम्झौता गरेको छ ।

बिज्ञापन

भारतीय सरकारको स्वामित्वमा रहेको एसजेभीएनले संखुवासभा जिल्लामा ९०० मेगावाट मेगावाट क्षमताको अरुण तेस्रो परियोजना निर्माण गरिरहेको छ । भारतिय सञ्चार माध्यम ‘द प्रिन्ट’ का अनुसार कम्पनीले आफ्नो आगामी २१० मेगावाट लुहरी चरण–१ र ३८२ मेगावाट सुन्नी बाँध जलविद्युत परियोजना र हिमाचल प्रदेशमा ३८२ मेगावाट सुन्नी बाँध बाट बिजुली आपूर्तिको लागि युपिपिसीएल सँग बिजुली खरिद सम्झौता मा पनि हस्ताक्षर गरेको शिमलास्थित एसजेभिएनले एक विज्ञप्तिमा भनेको छ ।
यी परियोजनाहरूले राष्ट्रिय ग्रिडमा ५९२ मेगावाट हरित ऊर्जा थप्नेछन् । यी परियोजनाले वार्षिक २१४० मिलियन युनिट बिजुली उत्पादन गर्नेछन् ।

बिज्ञापन

दुवै परियोजनाहरू डिसेम्बर २०२८ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । “एसजेभिएनले आफ्नो ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाबाट बिजुली आपूर्तिको लागि उत्तर प्रदेश पावर कर्पोरेशन लिमिटेडसँग विद्युत बिक्री सम्झौतामा हस्ताक्षर गरेको छ,” उक्त विज्ञप्तिमा भनिएको छ । परियोजना सञ्चालनमा आउँदा, परियोजनाले ९०० मेगावाट स्वच्छ ऊर्जा उत्पादन गर्नेछ र राष्ट्रको बढ्दो बिजुलीको माग पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यो परियोजना सन २०२८ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।यसका अतिरिक्त, एसजेभिएनले आफ्नो ३८२ मेगावाटको सुन्नी बाँध जलविद्युत परियोजनाबाट बिजुली आपूर्तिको लागि नयाँ दिल्ली नगर परिषद् सँग पनि पिपिएमा हस्ताक्षर गरेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते