होमपेज > आज एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

बिज्ञापन
बिज्ञापन

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असार १९ गते अन्तिम दिन हो।

बिज्ञापन

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि असार २० गते बुक क्लोज गर्दैछ। यसर्थ आजसम्म नेप्सेमा यस कम्पनीको शेयर खरीद गरेका शेयरधनी मात्रै उक्त सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित नाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँको ५.१० प्रतिशत (१७ करोड ३३ लाख ९१ हजार रुपैयाँ) बोनस शेयर र ०.२६८४ प्रतिशत (९१ लाख २५ हजार रुपैयाँ) बराबर नगद लाभांश (करसमेत) शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ।

बिज्ञापन

साधारण सभाले गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ। त्यसैगरी संस्थापक शेयरधनी (समूह क) को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना, सर्वसाधारण शेयरधनी (समूह ख) बाट २ जना र १ जना स्वतन्त्र सञ्चालकको निर्वाचन गर्नेछ।

बोनस शेयर वितरणपछि जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले र नियमनकारी निकायबाट निर्देशन भए बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ। कम्पनीले असार ३० गते सोमबार बारास्थित होटल इच्छा सिमरामा दिउँसो १ बजे १७औं वार्षिक साधारण सभा बोलाएको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते