कुमारी बैंक लिमिटेडले माघ २१ गते वार्षिक साधारण सभा बोलाएको छ। बैंकले लाभांश प्रस्ताव नगरी सभा बोलाएको हो।
बिज्ञापन
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ। साथै आर्थिक वर्ष २०८१ /८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ।
बिज्ञापन
सभा प्रयोजनका लागि बैंकले माघ ११ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ माघ १० गतेसम्म शेयर खरिद गरी कायम रहने शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन्।
सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।








