होमपेज > एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई बाँडफाँड सम्पन्न

एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई बाँडफाँड सम्पन्न

बिज्ञापन
बिज्ञापन

एनआईसी एशिया क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक र योजना व्यवस्थापक रही एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको बाँडफाँड सम्पन्न भएको छ । एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको पहिलो चरणमा बीज पूँजी सहित रु.१०/– अंकित दरका ५,००,००,००० (पाँच करोड) इकाई मिति २०८२/०४/२९ गतेदेखि मिति २०८२/०५/१२ गतेसम्म सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त समयमा बीज पूँजी सहित जम्मा ८२,८२८ जना आवेदकहरुबाट जम्मा रु.७,४०३,१६,०००/– बराबरको इकाई खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको थियो । जुन पहिलो चरणमा माग गरिएको इकाई भन्दा १.४८ गुणा भन्दा बढी रहेको छ ।

बिज्ञापन

उक्त योजनाको इकाई निष्काशनको समयमा जम्मा ८२,८२८ आवेदकहरुबाट जम्मा रु.७,४०,३१,६०० इकाई खरिदको लागि आवेदन प्राप्त भएकोमा ९१ जना आवेदकहरुबाट प्राप्त १४,६०० इकाई रितपुर्वक नदेखिएकोले बाँडफाँडमा समावेस नगरि जम्मा ८२,७३७ आवेदकहरुले रितपुर्वक माग गरेको जम्मा ७,४०,१७,००० (बीज पूँजी सहित) इकाई माग गरे बमोजिम नै मिति २०८२/०५/१६ गते सोमबार दिनको ४ः३० बजे निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालय थापाथली, काठमाण्डौमा बाँडफाँड गरिएको हो ।

बिज्ञापन

एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई पहिलो चरणमा ५ करोड इकाई खरिदको लागि दरखास्त आह्वान गरिएको भएतापनि नेपाल धितोपत्र बोर्डबाट उक्त योजनाको बीज पूँजी सहित रु.१ अर्व बराबरको १० करोड इकाई बिक्री गर्न स्वीकृत प्राप्त भएको र बोर्डबाट स्वीकृत उक्त योजनाको विवरणपत्रमा समेत अधिकतम बिक्री गर्न सकिने योजनाको इकाई बीज पूँजी सहित रु.१ अर्ब भएको हुँदा रितर्पुवक आवेदन दिनुहुने सम्पूर्ण आवेदकहरुलाई प्रचलित “धितोपत्र बाँडफाँड निर्देशिका, २०७४” को अधिनमा रही लगानीकर्ताहरुलाई माग गरे बमोजिमको इकाई बाँडफाँड गरिएको छ ।

एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम खुलामुखी योजना रहेको हुँदा उक्त योजनाको इकाई बाँडफाँड भएको मितिले तीन महिना भित्र योजनाको इकाई पुनः खरिद बिक्री तथा SIP, MINI SIP रजिष्ट्रर गर्न मिल्ने गरी नियमित रुपमा कारोवार संचालनमा ल्याउने योजना रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते