होमपेज > पहिरोका कारण कर्णाली राजमार्गको कालिकोट खण्ड अवरुद्ध, सयौँ यात्रुहरू बिच बाटोमै अलपत्र

पहिरोका कारण कर्णाली राजमार्गको कालिकोट खण्ड अवरुद्ध, सयौँ यात्रुहरू बिच बाटोमै अलपत्र

बिज्ञापन
बिज्ञापन

गए रातिदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्गको कालिकोट खण्ड अवरुद्ध भएको छ। राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा यातायात पूर्ण रूपमा ठप्प भएको हो, जसका कारण सयौँ यात्रुहरू बिच बाटोमै अलपत्र परेका हुन्।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय, कालिकोटका अनुसार आइतबार रातिदेखिको वर्षाले राजमार्ग अन्तर्गत कालिकोट जिल्लाको सिमानामा पर्ने दहीखोलादेखि हुल्म बजारसम्मका विभिन्न स्थानमा सडकमाथिबाट ढुङ्गा र पहिरो खसेको छ। पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा कालिकोट भित्रिने तथा बाहिरिने सवारी साधनहरू रोकिएका छन्।

बिज्ञापन

‎‎राजमार्ग अवरुद्ध भएको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट, हुल्मबाट प्रहरी सहायक निरीक्षक विनोद बुढाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरी टोलीले स्थानीयको सहयोगमा पहिरो पन्छाएर राजमार्ग सुचारु गराउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

‎‎लगातारको वर्षा र ठाउँ-ठाउँमा खसेको पहिरोका कारण सडक खुलाउन केही समय लाग्ने अनुमान गरिएको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते