काठमाडौं महानगरपालिकाको महानगर प्रमुख बालेन शाहमाथि करोडाै रुपैयाँ घोटाला गरेको आरोपमा उजुरी परेको छ।
बिज्ञापन
काठमाडौं महानगरपालिकाको भवन मर्मत र लिफ्ट जडानमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको हो । काठमाडौं प्लाजास्थित महानगरको भवन मर्मत र लिफ्ट जडानमा बिना प्रतिस्पर्धा पुमा निर्माण कम्पनीलाई दिइएको भन्दै बालेनमाथि ४ करोड २ लाख रुपैयाँ घोटाला गरेको आरोप उजुरीमा लगाइएको छ ।
बिज्ञापन
काठमाडौं महानगरले भाडामा लगाएको भवन ममर्त र लिफ्ट जडानमा आर्थिक अनियमितता भएको भन्दै युवराज सफलले अख्तियारमा उजुरी दिएका हुन् ।
‘महानगरको सार्वजनिक निर्माण बिभागले दिएको सूचनामा भवन निर्माण र नयाँ लिफ्ट जडानको लागि राष्ट्रिय दैनिकमा बोलपत्र आव्हान गरेको तर बोलपत्रमा पुमा लक्ष्मी निर्माण सेवाले मात्र भाग लिएको कारण उसैलाई बिना प्रतिस्पर्धा ४ करोड २ लाखको टेण्डर दिएको अवस्था छ । काठमाडौं जस्तो ठाउँमा ४ करोड २ लाखको टेण्डर खुल्दा कुनैपनि निर्माण कम्पनीले भाग लिदैनन ? के काठमाडौं कर्णाली होर? एउटा मात्र बोलपत्र परेपछि त्यसलाई रद्द गरि रि टेण्डर गर्न पर्ने होइन र ?’, उजुरीमा उल्लेख छ।
बिज्ञापन









