होमपेज > नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुरगेल्जे शेर्पा विजयी

नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुरगेल्जे शेर्पा विजयी

बिज्ञापन
बिज्ञापन

नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा फुरगेल्जे शेर्पा विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले ३४२ मत प्राप्त गरेर विजयी भएका हुन् ।

बिज्ञापन

उनका प्रतिद्वन्दी कुलबहादुर गुरुङले २८८ मत प्राप्त गरेका थिए । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेलले ३४५ मत प्राप्त गरेर विजयी भएका छन् भने प्रथम उपाध्यक्षमा मिङमा ग्याबो शेर्पाले ३५९ मत तथा द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ३५९ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै महासचिवमा राजेन्द्र लामा ३१८ मत प्राप्त गरेर विजयी भएका छन् भने सचिवमा चन्दन थापा ३५८ मत र कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन् ।

बिज्ञापन

मत बराबर भएपछि दुवैले आधा आधा कार्यकाल काम गर्ने सहमति भएको बताइएको छ । त्यसैगरी सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते