होमपेज > मधेशका सांसद दिपेन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मधेशका सांसद दिपेन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिज्ञापन
बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद दिपेन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

उनीमाथि गाँउपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।  उनी लगायत १५ जनामाथि ठेक्कापट्टामा भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको हो । धनुषा क्षेत्र नं. ३(ख)बाट निर्वाचित ठाकुर एमालेका सांसद हुन् । अख्तियारले उनीहरू सबैमाथि ६ करोड ७९ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

बिज्ञापन

धनुषाको औरही गाँउपालिकाले १५ बेडको अस्पताल निर्माणका लागि २४ करोड ४३ लाख रुपैयाँको लागत अनुमान तयार गरेको थियो । १२ करोड ३५ लाख रुपैंयाको प्रस्ताव पेश गर्ने प्रतिष्ठा, धुलिखेल, एक्सिस एसिउन जेभी (संयुक्त उपक्रम)लाई ठेक्का दिनुपर्नेमा १९ करोड १४ लाख रुपैयाँको प्रस्ताव पेश गर्ने लुम्बिनी, डीएण्डएन जेभीलाई छनौट गरेर भ्रष्टाचार भएको अख्तियारको दाबी हो ।

अख्तियारले औरही गाँउपालिकाका तत्कालीन अध्यक्ष ब्रम्हदेव यादव, उपाध्यक्ष मीरादेवी सहनी, प्रमु प्रशासकिय अधिकृत सुवोधकुमार ठाकुर, वडाध्यक्षहरू आशेश्वर यादव, अमित कुमार यादव, गंगा प्रसाद यादव, शिवनाथ साह, प्रमेश्वर मण्डल, दिलिप कुमार साहविरुद्ध मुद्दा चलाएको हो । अख्तियारले त्यही गाँउपालिकाका इञ्जिनियरहरू सोनु साह, सन्तोष कुमार मण्डल, बिनित कुमार साह, खरिदारहरु मोहन कुमार मण्डल, मनोज कुमार यादवमाथि मुद्दा चलाएको हो ।

बिज्ञापन

प्रदेश सांसद ठेकेदारको रुपमा त्यो ठेक्का प्रक्रियामा सामेल थिए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते