होमपेज > रविले कारागारबाट काठमाडौँ सरूवा मागेपछि जिल्ला प्रशासन रुपन्देहीले अघि बढायो प्रक्रिया

रविले कारागारबाट काठमाडौँ सरूवा मागेपछि जिल्ला प्रशासन रुपन्देहीले अघि बढायो प्रक्रिया

बिज्ञापन
बिज्ञापन

सहकारी ठगीको आरोपमा जिल्ला कारागार रुपन्देहीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरुवा मागेका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले सरुवा भएर काठमाडौँ जाने इच्छा व्यक्त गरेपछि रुपन्देही जिल्ला प्रशासन कार्यालयले कारागार व्यवस्थापन विभागमा स्वीकृतिका लागि पत्र पठाएको छ ।

बिज्ञापन

‘उहाँले जेल सरुवा भएर काठमाडौँ जाने इच्छा व्यक्त गर्नुभएको छ । हामीले सरुवाको स्वीकृतिका लागि कारागार व्यवस्थापन विभागमा पत्र पठाएका छौँ । स्वीकृत भएर आएको छैन,’ रुपन्देही प्रशासन कार्यालय स्रोतले भन्यो । सर्वोच्च अदालतले बाहिर बसेर मुद्दा लड्न माग गरेको आदेश दिन अस्वीकार गरेपछि थुना अवधि थप लम्बिने देखेर लामिछानेले काठमाडौँ सरुवा मागेको प्रशासन स्रोतले जानकारी दियो । लामिछानेले परिवारका सदस्य र पार्टीका नेताहरूलाई पनि रुपन्देही आउन अप्ठ्यारो पर्ने भन्दै काठमाडौँ सरुवा मागेका थिए ।

बिज्ञापन

अदालतले समेत उनले सरुवाका लागि इच्छा देखाए सहजीकरण गरिदिन भनेकाले रुपन्देही कारागारले प्रक्रिया अगाडि बढाएको हो । विभागबाट निर्णय भए लगत्तै लामिछानेलाई काठमाडौँ पठाइने तर काठमाडौँको कुन कारागार हो भन्ने नखुलेको कारागार कार्यालय रुपन्देहीले जनाएको छ । डिल्लीबजार कारागार वा केन्द्रीय कारागार सुन्धारामध्ये एक हुने कारागार कार्यालय स्रोतले जानकारी दियो । कारागार व्यवस्थापन विभागले अहिलेसम्म लामिछानेको सरुवाबारे निर्णय भई नसकेको जानकारी दिएको छ ।

उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई २०८१ चैत २२ गते बुटवलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालतले जिल्ला अदालत रुपन्देहीले २०८१ माघ १३ गते एक करोड रुपैयाँ धरौटीमा छाड्न गरेको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

बिज्ञापन

यसपछि लामिछाने पत्नी निकिताले रविलाई थुनामुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिए पनि उनको निवेदन सर्वोच्चले अस्वीकार गरेको थियो ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते