होमपेज > विकास हाइड्रोको पहिलो चरणको आईपीओमा पर्‍यो १४ करोड बढीको आवेदन

विकास हाइड्रोको पहिलो चरणको आईपीओमा पर्‍यो १४ करोड बढीको आवेदन

बिज्ञापन
बिज्ञापन

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा हालसम्म १४ करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ।

बिज्ञापन

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार, आज आइतबार बिहान १०ः०६ बजेसम्म ६१ हजार ३९ जना आवेदकले कुल १४ लाख २२ हजार ८३० कित्ताका लागि आवेदन दिएका छन्। यो कम्पनीले छुट्टाएको कित्ताभन्दा ४.०१३ गुणा बढी माग हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ५४ हजार ५५० कित्ता शेयर बिक्रीका लागि जेठ ६ गतेदेखि आवेदन खुला गरेको हो। यो संख्या सार्वजनिक निष्कासन हुने कुल शेयरको १० प्रतिशत हो।

बिज्ञापन

आईपीओ आवेदन दिने अन्तिम म्याद जेठ २० गतेसम्म तोकिएको छ। इच्छुक आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यस आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते