होमपेज > होन्डाको पहिलो इलेक्ट्रिक बाइक सार्वजनिक हुँदै

होन्डाको पहिलो इलेक्ट्रिक बाइक सार्वजनिक हुँदै

बिज्ञापन
बिज्ञापन

होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल ई-भीओ चीनमा लन्च गरेको छ। यस बाइकलाई होन्डाले वुयाङ–होन्डासँगको सहकार्यमा विकास गरेको हो।

बिज्ञापन

रेट्रो क्याफे रेसर डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनमा आएको ई-भीओ हालका लागि केवल चिनियाँ बजारमा उपलब्ध हुनेछ। सो बाइक ४.१ किलोवाट ड्युअल-ब्याट्री र ६.२ किलोवाट ट्रिपल-ब्याट्री गरी दुई भेरिएन्टमा उपलब्ध छ । सानो ब्याट्रीले १२० किलोमिटर र ठूलो ब्याट्रीले १७० किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ। दुबैमा १५.८ किलोवाटको मोटर जडान गरिएको छ, जसको अधिकतम गति १२० किलोमिटर प्रतिघण्टा छ ।

बिज्ञापन

ई-भीओमा पूर्ण आल्मुनियम फ्रेम, ड्युअल-च्यानल एबीएस र ७६५ एमएम सिट हाइट रहेको छ । बाइकको अगाडि १६ इन्च र पछाडि १४ इन्चका पाङ्ग्रामा सेमी-स्लिक टायर जडान गरिएको छ। यो विश्वकै पहिलो इलेक्ट्रिक मोटरसाइकल हो जसमा इन्टिग्रेटेड ड्यासक्याम छ। ४.१ किलोवाट मोडलमा अगाडि क्यामेरा र ६.२ किलोवाटमा अगाडि र पछाडि दुवैमा क्यामेरा जडान गरिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते