प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा जेठ २६ गते बस्ने भएको छ । साधारण सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
बिज्ञापन
इन्स्योरेन्स कम्पनीले यसअघि सातौं वार्षिक साधारण सभाबाट निर्णय भएको ७ प्रतिशत हकप्रद शेयर प्रस्ताव भने रद्द गर्ने बताएको छ । स्तावित बोनस सेयरबाटै नेपाल बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम हुने भएका कारण हकप्रद प्रस्ताव रद्द गर्न लागिएको प्रभु महालक्ष्मी इन्स्योरेन्सले जानकारी गराएको छ ।
बिज्ञापन
बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्ने एजेन्डा छ । साधारण सभा प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, उक्त दिनभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
तर अघिल्लो दिन जेठ १५ गते गणतन्त्र दिवसका कारण सार्वजनिक विदा छ । यसकारण जेठ १४ गते बुधबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । वार्षिक साधारण सभा आम्रपाली बेंक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।







